गोरखा क्षेत्र नं १ (१) मा माओवादीका धिताल विजयी


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित





गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएका सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

धिताल उनी वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।