पोखरा । कास्की २ (ख) मा गठबन्धनका तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेसका विन्दुकुमार थापाले शुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका थापाले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ५०९ मतले अग्रता लिएका हुन् ।
थापाले ३ हजार ९९६ मत प्राप्त गर्दा एमालेकी गुरुङले २ हजार ४८७ मत ल्याएकी छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले १ हजार ८९६ मत ल्याएका छन् । त्यस्तै नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले १८५, स्वतन्त्र उम्मेद्वार श्रमिक घर्ती क्षेत्रीले १५८, मंगोल नेश्नल अर्गानाइजेसनका लक्ष्मण विश्वकर्माले ९१, जनता समाज पार्टीका धनबहादुर थापाले ६३, स्वतन्त्र उम्मेद्वार मोनिका तामाङले १८ र तिलमाया पुन गुरुङले ११ मत ल्याएका छन् । मतगणना जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







