कास्कीको प्रतिनिधिसभा १ र ३ नं क्षेत्रमा एमालेको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




कास्की जिल्लाको प्रतिनिधिसभा सदस्यको १ र ३ नं क्षेत्रमा नेकपा एमाले उम्मेदवारहरुले अग्रता कायम राखेका छन्।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार किशोरदत्त बरालमाथि ६२६ मतले अग्रता कायम राखेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु राई ४ हजार ९७५ मतसहित तेस्रो स्थानमा छन्।

नेकपा एमाले कास्की जिल्ला अध्यक्षसमेत रहेका गुरुङको १२ हजार ९३१ म्त छ।

त्यस्तै, ५ दलीय गठबन्धनको समर्थन पाएका साझा उम्मेदवार बरालको १२ हजार ३०५ मत छ।

त्यस्तै, कास्कीकै निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका दामोदर पौडेल ‘बैरागी’ पनि फरक मतान्तरले अगाडि छन्।

बैरागीले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का रामजीप्रसाद बराल ‘जीवन’ माथि ३ हजार ९५८ मतले अग्रता कायम राखेका छन्।

निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार दामोदर ‘बैरागी’ को १५ हजार ५०४ मत छ भने रामजीप्रसाद बराल ‘जीवन’ को ११ हजार ५४६ मत छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ८ हजार ३७ मतले ‘बैरागी’ र ‘जीवन’ लाई पछ्याइरहेका छन्।

हाल, कास्कीको निर्वाचन क्षेत्र नं १ मा प्रदेशसभा (१), निर्वाचन क्षेत्र नं २ को (२) र निर्वाचन क्षेत्र नं ३ को (२) मा मतगणना जारी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।