कास्की–२ को प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई विजयी


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




कास्की जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेकी महिला उम्मेदवार विद्या भट्टराई विजयी बनेकी छिन्।

उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलमाथि ४ हजार ५०२ मतान्तरसहित विजयी बनेकी हुन्।
भट्टराईले १६ हजार ९९८ मत ल्याएकी छिन्। स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४९५ मत ल्याए।

उता, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालको ९ हजार ६६१ मत ल्याउँदै तेस्रो स्थानमा रहे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।