कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (२) मा नेपाली काँग्रेसका प्रकाश बराल झिनो मतान्तरले अगाडि छन्।
निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार पछिल्लो मत नतिजामा बरालले एमाले उम्मेदवार राजीव पहारीमाथि ३७ को झिनो मतान्तरले अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणमअनुसार बरालको ३ हजार ९५३ मत छ। त्यस्तै, राजीव पहारीको ३ हजार ९१६ मत छ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारी ७०० मतसहित तेस्रो र जनता समाजवादी पार्टी नेपालका गोरे दमै १२२ मतसहित चौथो स्थानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







