लमजुङ १ क र ख दुवैमा कांग्रेस निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




लमजुङ निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका टेकराज गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेका जमिन्द्रमन घलेलाई पराजित गरेका हुन् । गुरुङ १८ हजार ५०४ मत सहित निर्वाचित भएका हुन् भने घलेले १७ हजार ३४३ मत प्राप्त गरेका हुन् ।

लमजुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल विजयी भएका छन् । उनले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन् । पौडेलले १९ हजार ५५७ मत प्राप्त गरेका थिए भने अधिकारीले १८ हजार ८०३ मत प्राप्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।