पोखरा, मंसिर ८
कास्की क्षेत्र नम्बर १ को (१)मा नेकपा एमालेका खगराज अधिकारी निरन्तर अगाडि रहेका छन् । उनी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार दीपक कोईराला भन्दा अहिलेपनि २ हजार १ सय ९१ मतान्तरले अगाडि छन् ।
एमाले अधिकारीले हालसम्म ८ हजार ४ सय ४४ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनलाई माओवादीका कोईरालाले ६ हजार २ सय ५३ मत ल्याएर पछ्याईरहेका छन् ।
अधिकारी पूर्व गृह तथा स्वास्थ्य मन्त्री हुन् । उनी एमालेका तर्फबाट गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्रीपनि हुन् ।
कोईराला गण्डकी प्रदेशका निवर्तमान अर्थ तथा विकास समितिका सभापति हुन् । उनलाईपनि सम्भावित मन्त्रीका रुपमा हेरिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







