कास्की–१ मा किशोर भन्दा मनबहादुर २ हजार बढी मतले अगाडि


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ ।

हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन् । गुरुङले १७ हजार ६ सय २९ मत प्राप्त गर्दै अग्रता बनाउँदा बरालले १६ हजार २ सय मत प्राप्त गर्दै पछ्याईरहेका छन् ।

गुरुङ नेकपा एमाले कास्कीका सभापति हुन् । उनी यसअघि कास्की–१ को ९२०बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हुन् । बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।