पोखरा । पोखरा १२ स्थित ढिकालेथर आमा समुहमा शोभा आचार्यको अध्यक्षता नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समुहको पोखरामा शनिबार सम्पन्न ११औं साधारणसभा तथा पाँचौ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समुहको उपाध्यक्षमा अञ्जु श्रेष्ठ, सचिवमा सिता दाहाल र कोषाध्यक्षमा लक्ष्मी बस्नेत छानिएका छन्।
त्यस्तै सदस्यहरुमा सरस्वती कार्की, चन्द्रा आचार्य,तिलकुमारी के सी, सिता आचार्य,बिमला आचार्य, सन्ध्या केसी र पार्वती केसीलाई चयन गरिएको सचिव सिता दाहालले जानकारी दिइन् ।
यसअघि अधिवेशनको वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले उद्घाटन गरेका थिए । उनले ढिकालेथर आमा समूहले समाजमा उदाहरणीय कामहरु गरेको भन्दै आमा समूहले गर्ने समाजिक कार्यहरुमा वडा कार्यालयबाट हातेमालो गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ढिकालेथर सेवा समाजका अध्यक्ष गुप्त बहादुर कार्की, ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष सृजना सिग्देल, जय टोल विकास समितीका अध्यक्ष इन्दिरा पन्त लगायतले शुभकामना व्यक्त गरेका थिए।
ढिकालेथर आमा समुहकी अध्यक्ष शान्ति आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सिता दाहालले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







