इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ विजयी


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




फाइल फोटो

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका खड्काले २९ हजार ९० मत प्राप्त गरे ।

यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बुले ६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेम्वाङले सो क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा सोही क्षेत्रबाट निरन्तर अपराजित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।