महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।
नेकपा एमाले–जसपा गठबन्धनका महतोले निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलमाथि १ हजार ३० मतान्तरले जित निकालेका हुन्।
मतगणनाको अन्तिम नतिजामा महतोले २३ हजार ४०२ मत प्राप्त गरे भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







