काँग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार ५ दलीय गठबन्धनबाट उम्मेदवार तामाङले ढुंगेलमाथि १६ हजार ३ सय ६९ को मतान्तर निकाल्दै विजय हात पारेका हुन्।
निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन्।
रामेछापका काँग्रेस नेता तामाङ रामेछाप जिल्ला पार्टीको पूर्व सभापति समेत हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







