नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गरे भन उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।
महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनी संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेको थियो भने । उनी २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा ४ बाट विजयी भएका थियो ।
जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व।मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मेका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन । उनको पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी छन । उनले बि।ई सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन । एमाले निकट विद्यार्थी संडठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन अनरास्ववियुमा २०२८÷०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गरेका छन ।
उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थियो । वि।सं २०३३ सालमा तत्कालीन नेकपा एमालेको सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेको थियो भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेका थिए । विंस २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य भएका थिए ।
महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गरेका थिए । उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका थिए । उनको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।
राजनीतिक घटनाक्रमका क्रममा २०२८÷०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बसेका छन। राजनीतिक आन्दोलनको क्रममा पटक÷पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेका छन ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







