हिमश्री फुड्सद्वारा पोखरा गोल्डकपलाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित





पोखरा । हिमश्री फुड्स प्रा.लि.ले आहा ! रारा पोखरा गोल्डकपको थप १० वर्ष मुख्य प्रयोजन गर्ने भएको छ । सहारा क्लव पोखराले आयोजना गर्दै आएको उक्त प्रतियोगितालाई सञ्चालन गर्न हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउले आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितालाई आगामी १० बर्षको लागि तेश्रो पटक साथ दिने भएको हो ।

पोखरामा मंगलबार आयोजित हस्ताक्षर कार्यक्रममार्फत २०५८ सालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेम कुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गर्दै सम्झौताको समयावधि १० वर्षका लागि बढाएका हुन् ।

सम्झौता अनुसार सहारा क्लवलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.ले बार्षिक रुपमा आगामी पहिलो ३ बर्ष १८ लाख, दोश्रो ३ बर्ष २१ लाख, तेश्रो ३ बर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैया आर्थिक सहयोग गनर्गेगरि सहमती भएको जनाइएको छ ।

हिमश्री फ्ुड्सले यस अघि दुई पटक सम्म उक्त प्रतियोगितालाई १०÷१० बर्ष मुख्य प्रायोजकको रुपमा सहयोग गर्दै आएको छ । समाजसेवी उधोगपति एवं पूर्व सांसद सुर्य बहादुर केसीको बिषेश पहलमा २०५९ सालमा आहा गोल्ड कपबाट १० बर्ष सम्झौता भएको थियो भने २०६९ देखि २०७८ को लागि दोश्रो पटक आहा रारा गोल्ड कप नमाङकरण गरी १० बर्ष करार सम्झौता भएको थियो ।

सो अवसरमा बोल्दै प्रालिका निर्देशक किरण केसीले उत्पादनसँगै सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गरे । ‘सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार हर्षिद छौ । र यो साथ १० वर्षका लागि थप गरेका छौं ।’

कार्यक्रममा राखेप सदस्य राजेश कुमार गुरुङले क्लवले सामाजिक कार्यमा बचत रकम खर्चिने भएकोले उक्त प्रतियोगिता संचालन गर्दा पोखरा रंगशाला न्यूनतम सरसफाई शुल्क बाहेक अन्य शुल्क लिन नमिल्ने बताए ।

क्लवका अध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, पत्रकार महासंघका पूर्व सदस्य रामकृष्ण ज्ञवाली लगायतले वोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।