एकाघरका २ दाज्यूभाई लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




एकाघरका २ दाज्यूभाइलाई लुम्बिनी प्रदेशसभा सदस्य बन्ने अवसर मिलेको छ।

लुम्बिनी प्रदेशसभाका लागि दुबै दाज्यूभाईले नेकपा एमालेबाट उम्मेदवार बन्दै चुनाव जितेका हुन्।

पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नं (१) बाट राजुप्रसाद श्रेष्ठ (भाई) र रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजू) निर्वाचित भएका हुन्।

पाल्पा–१ को प्रदेशसभा (१) बाट राजुप्रसादले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३९० को फरक मतान्तरले जित हात पारेका हुन्।

मतगणनाको अन्तिम नतिजाअनुसार राजुप्रसादले १७ हजार ६४२ मत पाउँदा वाम श्यामकान्तले १२ हजार २५२ मत पाए।

त्यस्तै, लुम्बिनी प्रदेशसभाकै लागि जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेकपा एमालेकै भोजप्रसाद श्रेष्ठ विजयी बने।

त्यहाँ, भोजप्रसादले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का बामदेव क्षत्रीलाई ६ हजार ९२० को फरक मतान्तरले हराउँदै लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित बने।

मत गणनाको अन्तिम नतिजाअनुसार भोजप्रसादले १६ हजार ३५१ मत प्राप्त गर्दा बामदेवले ९ हजार ४३१ पाए।

स्व.पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद (साँहिलो) र राजुप्रसाद (कान्छा) छोरा हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।