सुनसरी–३ बाट प्रतिनिधिसभामा एमालेकी भगवती निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी महिला उम्मेदवार भगवती चौधरी निर्वाचित भएकी छिन्।

भगवतीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजयकुमार गच्छदारमाथि ५ हजार १८८ को फरक मतान्तर निकाल्दै प्रतिनिधिसभा सदस्यका लागि विजयी बनेकी हुन्।

मत गणनाको अन्तिम नतिजाअनुसार भगवतीले ४० हजार ७८८ मत प्राप्त गरिन् भने वाम विजयकुमार गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।