पोखरा । रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सिद्धार्थ क्लब पोखराको आयोजनामा वडा नं ५ का वडा सदस्य मिना कमरको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण गरिएको हो ।
उक्त अवसरमा मन्तव्य राख्दै कमरले क्लबले गर्दै आएको सहयोगले अभिभावकहरुमा विद्यार्थीको पठन पाठन तथा विद्यालय नियमित पठाउन उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले क्लबको सहयोग कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुनेमा विश्वाश व्यक्त गरे ।
त्यसैगरि सिद्धार्थ क्लब सल्लाहकार समिति सचिव पार्वती माकाजू, शिक्षक अभिभावक संघ का अध्यक्ष पुन नारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक पार्वती ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तर कुमार जोशी र विद्यालयका पूर्व अध्यक्ष कृष्ण प्रसाद बसौलाले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहने बारे भनाई राख्दै सहयोगको उचित सदुपयोग हुनेमा विश्वास बताए ।
कार्यक्रममा ४२ विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रमका सञ्चालन क्लबका सचिव रवि मर्सानीले गरेका थिए भने स्वागत प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







