स्याङ्जा । स्याङ्जा २ मा मतदान सम्पन्न भएको ११ दिनपछि मतगणना केही समयपछि शुरु हुने भएको छ ।
निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना गर्ने निर्णय गरेसँगै केहीबेरमा मतगणना शुरु गर्न लागिएको हो ।
निर्वाचनका क्रममा चापाकोट नगरपालिका चार बुथमा धाँधली भएको नेकपा सहितका पार्टीको उजुरी परेपछि मतगणना हुन सकेको थिएन । नेकपा एमालेले ती बुथमा पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो ।
यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।
आज निर्वाचन आयोगले लामो समयको अन्योलताकावीच बुधबार स्याङ्जा –२ र बाजुरामा पुनः मतदान नगर्ने र तत्कालै मतगणना शुरु गर्ने निर्णय गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







