अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
उसले समूह ‘सी’ अन्तरगतको अन्तिम खेलमा पोल्याण्डलाई हराउँदै नकआउट चरणमा स्थान बनाएको हो।
स्टेडिए ९७४ रंगशालामा बुधबार राति भएको खेलमा पोल्याण्डलाई २–० गोलले हरायो। पोल्याण्डको जितमा म्याक एलेक्सिस एलिस्टर र जुलियन अल्भारेजले गोल गरे।
खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै टोलीलाई जित सुनिश्चित गरे। ३९ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई कप्तान लियोनेल मेसीले उपयोग गर्न सकेन। पोलिस कीपरले मेसीको पेनाल्टी प्रहारलाई उत्कृष्ट बचाउ गरे।
समूह चरणको खेलमा २ खेल जितेको अर्जेन्टिनाले ६ अंक जोड्यो र समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनायो।
पोल्याण्ड पनि नकआउट चरणमा
समूह ‘सी’ मै रहेको पोल्याण्ड पनि अन्तिम खेलमा अर्जेन्टिनासँग हारेर पनि उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ।
समूहको ३ खेलमा ४ अंक जोडेको पोल्याण्ड गोलसंख्याको आधारमा कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। यस समूहबाट मेक्सिको र साउदी अरेयिबा प्रतियोगिताबाट बाहिरिएको छ।
कतारको लुसाइल रंगशालामा बुधबार नै राति भएको खेलमा मेक्सिकोले साउदी अरेबियालाई २–१ ले हरायो। समूहको ३ खेलबाट ४ अंक जोडेपनि गोल संख्याको आधारमा बराबरी अंक बटुलेको पोल्याण्ड अगाडि रह्यो र मेक्सिको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।
साउदी अरेयिाबियासँगको खेलमा मेक्सिकोका लागि हेनरी मार्टिन र लुइस चाभेजले गोल गरे। मार्टिनले ४७ र चाभेजले ५२ औं मिनेटमा मेक्सिकोका लागि गोल गरे। खेलको इन्जूरी समयमा साउदी अरेबियाका लागि अल्दावसरीले गोल गरे। समूहको सुरुवाती खेलमा अर्जेन्टिनालाई जितेको साउदीले ३ अंक जोड्दै अन्तिममा रह्यो।
साविक विजेता फ्रान्स पनि नकआउट चरणमा
समूह ‘डी’ बाट साविक विजेता फ्रान्स र अष्ट्रेलिया पनि जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
फ्रान्स समूह विजेता र अष्ट्रेलिया उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो।
समूहमा फ्रान्स र अष्ट्रेलियाले समान ६/६ अंक जोड्यो। गोल संख्याको आधारमा फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्यो।
लगातार सुरुवाती २ खेल जितेर नकआउट चरणमा पुगेको फ्रान्सले समूहको अन्तिम खेलमा ट्युनिसियासँग हार खेप्यो।
एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियासँग फ्रान्सले १–० को हार खेपेको हो।
खेलको ५८ औं मिनेटमा ट्युनिसियका लागि वाह्बी खाज्रीले गोल गर्दै ट्युनिसियालाई जित दिलाए। समूहबाट ४ अंक बटुलेको ट्युनिसिया तेस्रो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो
१६ वर्षपछि अष्ट्रेलिया अन्तिम १६ मा
समूह ‘डी’ बाटै अष्ट्रेलिया पनि उपविजेता बन्दै नकआउट अन्तिम १६ मा प्रवेश गरेको छ।
अल जानुब स्टेडियममा बुधबार राति नै भएको खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलियाले नकआउट चरणमा स्थान बनाएको हो। खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका लागि म्याथ्यु लेकीले गोल गरेका हुन्।
फिफा विश्वकप फुटबलको इतिहासमा अष्ट्रेलियाले १६ वर्षपछि नकआउटमा स्थान बनाएको हो। अष्ट्रेलियाले ३ खेलबाट ६ अंक जोड्न सफल बन्यो। १ अंक जोडेको डेनमार्क जारी संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताबाटै बाहिरियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







