नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत फुटवल खेल शनिबार देखि


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भोलि (शनिबार) देखि फुटवल प्रतियोगिता सुरु हुने भएको छ ।

औपचारिक रुपमा यही मंसिर २० गते देखि पोखरामा तेह््रौ संस्करणको नेसनल प्याब्सन खेलकुद महोत्सव हुने भए पनि अनौपचारिक रुपमा भने शनिबार देखि सिनियर छात्र तर्फ फुटवल र जुनियर छात्र तर्फ भने सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको हो ।

पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटवल खेल शनिबार विहान करिब ७ः३० बजे देखि सुरु हुने भएको फुटवल खेल संयोजक राजु केसीले बताए । उनका अनुसार जुनियर तर्फको फुटवल खेल भद्रकालिको माछापोखरी खेल मैदानमा हुने भएको छ । शनिबार देखि मंसिर १९ गतेसम्म दैनिक ५/६ वटा खेलहरु हुने भएको सह कृयाकलाप संयोजक समेत रहेका केसीले जनाए ।

प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको उनले बताए । पोखरा रंगशालामा शनिबार विहान बड्र्स एकेडेमी र नेश्नल क्रियसन बिच पहिलो खेल हुने भएको छ । जुनियर तर्फको पहिलो खेल भने कास्की मोडनाइज एकेडेमि र सिद्धिविनायक बोर्डिङ स्कुल बिच खेल हुने भएको हो ।

मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीले बताए । “एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त महोत्सवले विद्यार्थीको सर्वाङ्ग विकासको लागि खेलकूद अपरिहार्य रहने अधिकारीले बताए ।

उक्त महोत्सवमा छात्र तथा छात्रा तर्फको एथ्लेटिक्स,पुरुष फुटवल, पुरुष तर्फको बास्केटवल, महिला तथा पुरुष तर्फको व्याडमिन्टन, महिला तर्फको भलिवल लगायतका इभेण्टमा खेलहरु हुने भएको छ ।

मंसिर २० गते शुक्रबार राखेपका सदस्य सचिब टंकलाल घिसिङबाट उक्त महोत्सवको उद्घाटन गर्ने कार्यव्रmम तय भएको आयोजकले जनाएको छ ।

त्यसै गरी बास्केटवल खेल संयोजक राजु कायस्थ, व्यडमिन्टन खेल संयोजक अर्जुन अधिकारी, टि.टि. खेल संयोजक शिवराज पौडेल, भलिवल संयोजक प्रकाशराज वाग्ले र मार्च पार्स संयोजक कमल बहादुर मल्लले आफ्नो तयारी तिव्र पारेको दाबी गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।