पोखरा, मंसिर १६
पोखरामा नेवार कन्याहरुको सामुहिक बेलविवाह (ईही ज्याझ्व) गरिएको छ । नेवा देय दबु कास्की र नेवा देय दबु पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरामा सामुहिक बेलविवाह गरिएको हो । नेवारी परम्परा अनुसार भइरहेको सामुहिक बेलविवाह शुक्रबार शुरु भएको छ भने यो शनिबारसम्म चल्नेछ ।

नेवारी संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजित सामुहिक बेलविवाहमा ३५ नेवार कन्याहरु सहभागि भएको नेवाः देय् दबू कास्कीका अध्यक्ष कृष्णमान ठूसाजुले जानकारी दिए । उनका अनुसार तनहुँ दुलेगौंडाका नेवार पुरोहित लालप्रसाद प्रधानले बेलविवाह गराईरहेका छन् ।
पुरोहित प्रधानले नेवारी परम्परा अनुसार बेलविवाह गराईरहेको बताए । शनिबार रुद्री पूजा सकेर कन्यादान गरेपछि बेलविवाह सम्पन्न हुने उनले बताए । उनका अनुसार आईतबार भने कन्याहरुको आ–आफ्नो घरमा चतुर्थी पूजा गर्नुपर्छ ।
बेलविवाहको शुभारम्भमा नेवाः देय् दबूका गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष विष्णुशंकर ख्वाउजु, नेवाः देय् दबू कास्कीकी महिला सचिव रिता नापित, इहीः कार्यक्रमका संयोजक तीर्थ श्रेष्ठ गोशलीलगायतले बेलविवाहको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै नेवाः देय् दबूका कास्की अध्यक्ष कृष्णमान ठूसाजुले सबैले बेलविवाह गर्ने वातावरण निर्माण गर्ने प्रयास आफूहरुले गरेको बताए । ‘बेलविवाह गर्ने संस्कृति र परम्परा जोगाउनुपर्छ । धनी र गरीव सबैले समान तरिकाले बेलविवाह गरुन् भन्ने उद्देश्य राखेर हामीले आयोजना गरेका हौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार…








