चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्दै


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७९ मा प्रकाशित




प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।