स्याङ्जा–२ मा नेपाली कांग्रेसका गुरुङ निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७९ मा प्रकाशित




फाइल फोटो

स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।

शनिबार राति सकिएको मतगणनामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार धनराजले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्याललाई ५ हजार ६२७  मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

गुरुङले ३१ हजार ४६६ मत पाए भने नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनु भएको छ । यस निर्वाचन क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो । स्याङ्जा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।