चुनावी समीक्षाका लागि सत्ता गठबन्धनको बैठक भोलि


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए ।

सठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

चुनावमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी केन्द्रमा असन्तुष्टि समेत देखिएको छ । शनिबार मात्र माओवादीले सबै विकल्प खुला गर्ने निर्णय समेत गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।