आज अंग्रेजी डिसेम्बर महिनाको ५ तारिक अर्थात अन्तर्राट्रिय स्वयंसेवक दिवस।
प्रत्येक वर्षको डिसेम्बर ५ तारिकका दिन यो दिवस मनाइँदै आएको छ।
सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाले यसलाई अन्तर्राष्ट्रिय रुपमा मनाउने भनेर पारित गरेको हो। आर्थिक र सामाजिक विकासका लागि यो दिवसको अति नै महत्व छ।
विशेषगरि, गैरसरकारी लगायतका विभिन्न संघसंस्थाहरुले आर्थिक तथा सामाजिक रुपान्तरणको नारा दिएर यो दिवसलाई विशेष महत्वका साथ मनाउँदै आएका छन्।
आर्थिक र सामाजिक रूपान्तरणलाई समाज विकासको विशिष्ट आयामका रूपमा लिइन्छ।
विश्वमा अहिले १ करोड ९ लाखभन्दा बढी स्वयंसेवक रहेको अनुमान छ। स्वयंसेवकमध्ये ६० प्रतिशत महिला रहेको विभिन्न तथ्यांकबाट प्रष्ट हुन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि उद्धार र राहत वितरणमा ठुलो संख्यामा स्वयंसेवक खटिएका थिए। भूकम्पमा परेर सयौँ मानिसको मृत्यु भयो। हजारौँ घरबार विहीन बने।
बाढी, पहिरो लगायत बर्सेनी प्राकृतिक विपत्तिमा परेर पनि नेपाली नागरिकले मृत्युवरण गर्नु परिरहेको अवस्था छ।
प्राकृतिक प्रकोपले धेरै क्षति गर्दा पनि तत्काल समस्याको सम्बोधन गर्न सरकार वा सरकारी निकायहरु उपलब्ध नहुन सक्छन्। त्यस्तो बेला स्वतस्फूर्त रूपमा सयौँ स्वयंसेवकहरु खटिएर बिचल्लीमा परेकालाई सहयोग गरिरहेका हुन्छन्।
मानिसहरु मिलेर पीडामा परेकाको उद्धार र उनीहरुलाई राहत वितरण गर्ने गरेका छन्। मानिसको कुनै समूह मिलेर तत्काल पीडितलाई राहत उपलब्ध गराउँदै नि:शुल्क र निस्वार्थ सहयोग गर्ने गर्दछन्। यस्तो बेला रेडक्रस, स्काउट वा अन्य संघसंस्था तथा क्लबका प्रतिनिधि स्वयंसेवक बनेर खटिन्छन्।
विपत्तिमा परेका बेला सहयोग गर्न ‘सेवा नै धर्म हो’ भनेर खटिने स्वयंसेवकको भूमिका निक्कै महत्वपूर्ण छ। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसले समस्या वा अप्ठेरोमा परेकालाई मन, वचन र कर्मले सेवा गर्नुपर्छ भन्ने सन्देश विश्वभर प्रवाह गरिरहेको हुन्छ।
दिवसले स्वयंसेवाका लागि सबैलाई प्रेरणा प्रदान गर्छ। विश्वमा स्वयंसेवा गर्नेमध्ये एउटा हुन् फ्लोरेन्स नाइटिङ्गेल। नर्स भएरपनि स्वयंसेवकको रूप धारण गरेकी उनले गरेको सेवाको अहिले पनि विश्वभर तारिफ चलिरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







