नेपाल नामिबियामा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको छ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा आइतबार भएको खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भयो।
नेपालले दिएको १३८ रनको विजय लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा १४३ रन जोड्दै पूरा गर्यो।
स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४३ रन बनाए। ब्राण्डन म्याकमुलेनले अविजित ३२, माइकल लेस्कले २२, जर्ज
मुन्सेले १७ र म्याथ्यु क्रसले १३ रन बनाए। बलिङमा नेपालका सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले १ विकेट झारे।
यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेटको क्षतिमा १३७ रन बनाएको थियो। नेपालका लागि गुल्सन झाले २९ रन बनाए।
ज्ञानेन्द्र मल्लले २५, ओपनर अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङमा स्कटल्यान्डका चरिस सोलले ३ विकेट लिए। मार्क वाटले २ तथा ब्रान्डन म्यामुलेन, सफायन सरिफ र मिचेल लिस्कले १/१ विकेट लिए।
स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो। ७ टोली सहभागी लिग–२ मा नेपाल अहिले २२ खेलबाट १८ अंक जोड्दै छैटौँ स्थानमा छ।
जितसँगै ३० खेल सकेको स्कटल्यान्ड ४४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। लिग–२ मा सहभागी हरेक टोलीले एकआपसमा कूल ३६ खेलपछि सिरिजको शीर्ष ३ मा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






