दोलखा प्रदेशसभा (१) बाट काँग्रेसका कुन्दनराज निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित




दोलखा जिल्लाको प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका कुन्दनराज काफ्ले विजयी बनेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठलाई वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कुन्दनराजले ८ हजार ०४२ को मतान्तरले हराउँदै बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको पछिल्लो नतिजामा कुन्दनराजले २२ हजार ७९७ मत ल्याए। उता, नरबहादुरले भने १४ हजार ७५५ मत प्राप्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।