दीपक मनाङे एकीकृत समाजवादी प्रवेश


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित




पोखरा । मनाङबाट गण्डकी प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।

‘मेरो यस पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेकका राजनीतिक पार्टीहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रहेको र त्यसमा रकेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोँणबाट प्रभावित भइ आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध हुँदै उक्त पार्टीको मार्गनिर्देशन अनुरुप जनसेवा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।’ उनले विज्ञप्तीमा भनेका छन् ।

२०७४ मा पनि स्वतन्त्र उम्मेदवारी मनाङ–१ (ख) बाट उम्मेद्वारी मनाङ्गेले अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।