एन प्याव्सन खेलकुद महोत्सव : भलिबल प्रतियोगिता शुरु


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित




मंसिर २१ पोखरा । एन प्याव्सन खेलकुद महोत्सव अन्तर्गत पोखरामा भलिबल प्रतियोगिता सुरु भएको छ ।

सम्पन्न खेलमा अञ्जुलीले लिटिल फ्लावरलाई २–० को सोझो सेटमा पराजित गर्दा अक्सफोर्डले न्यू लेखनाथलाई २–० ले नै पराजित गरेको छ ।

त्यसै गरी शिदार्थले युनिभर्सलाई २–० ले नेशनल क्रियशनले बाल प्रतिभालाई २–० ले, कान्तीपुरले रिलायन्सलाई निकै प्रतिष्पर्धात्मक खेलमा २–१ ले पराजित गरेको छ ।

त्रिवेणी पब्लिकले पुष्प सदनलाई २–० ले हिलसाइडले साइनिङ स्टारलाई २–१ ले रत्न ज्योतलीले न्यू ग्यालेक्सीलाई २–० ले, अञ्जुलीले गोर्खा वोर्डिङ स्कूललाई २–१ ले र अक्सफोर्ड चिल्ड्रेन एकेडेमीलाई २–० को सोझो सेटमा पराजित गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।