लमजुङको बेंसीसहरमा पुस १२ गतेदेखि ३० औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिता हुने भएको छ।
बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा प्रतियोगिता हुनेछ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित ३ हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३० वर्षको अवधिमा प्रथम पुरस्कार ५ लाख पुगेको छ।
प्रतियोगिताका सेमिफाइनलिस्ट उपविजेता दुवै टिमले ५०/५० हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १५/१५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा करिब ४७ लाख १० हजार रुपैयाँको खर्च अनुमान गरिएको छ। प्रतियोगितामा यस वर्ष क्वार्टरफाइनल चरणदेखि ‘ए’ डिभिजन खेल्ने ४ वटा क्लबहरूले सहभागिता जनाउनेछन्।
कूल १६ टिम सहभागी गराउने यस प्रतियोगितामा हालसम्म १० वटा टिमले प्रतिस्पर्धाका लागि नाम लेखाइसकेको क्लबले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







