नेसनल प्याब्सन खेलकुद महोत्सव : ब्याडमिन्टनमा कास्की मोड्नाईज विजयी


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत ब्याडमिन्टन प्रतियोगितामा कास्की मोड्नाइज एकेडेमी विजयी भएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीले आयोजना गरेको प्रतियोगितामा कास्की मोड्नाइज एकेडेमी छात्र तथा छात्रा एकल ब्याडमिन्टमा विजयी भएको हो ।

छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका दीप राना प्रथम, गोर्खा बोर्डिङ स्कुलका लेलिन नेपाली द्वितिय, यूनिभर्स बोर्डिङ स्कुलका सिरिष बास्तोला र बड्स एकेडेमीका आयूष पहारी तृतिय भए ।

यस्तै छात्रातर्फ कास्की मोड्नाइजकी सोनिका थापा प्रथम, अञ्जुली सेकेण्डरी बोर्डिङ स्कुलकी मेनुका पुन द्वितिय, त्रिवेणी पब्लिक स्कुलकी परिसा गुरुङ र ज्ञानज्योती विद्याकुञ्ज माविकी अन्सु गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्रतर्फ ३२ र छात्रातर्फ ३० वटा विद्यालयले सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा विद्यालयलाई भोलि (शुक्रबार) एक समारोहकाविच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।