साङ्केतिक तस्विर
पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत टेबलटेनिस प्रतियोगितामा छात्र एकलतर्फ कास्की मोड्नाइज र छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तितृय भए ।
यस्तै छात्रा एकलतर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुण शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा नेश्नल क्रियशनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतिय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक शिवराज पौडेलले जानकारी दिए ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र–छात्रा गरेर ४२ विद्यालयले सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा विद्यालयलाई भोलि शुक्रबार एक समारोहका विच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







