आज अंग्रेजी डिसेम्बर महिनाको ११ तारिक अर्थात अन्तर्राष्ट्रिय पर्वतीय दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो।
यस वर्षको पर्वतीय दिवसमा ‘Women move mountain’ अर्थात् ‘महिलाहरूले पर्वतलाई चलाउन सक्दछन्’ नारा तय गरेको छ। लैगिंक क्षमता र प्रकृतिलाई जोडेर यस वर्ष विश्व पर्वतीय दिवसको खाका कोरिएको हो।
दिवसको अवसरमा नेपाल पर्वतारोहरण संघले विभिन्न कार्यक्रम गर्ने गरेको छ।
पोखरामा पनि हिँजो (शनिबार) देखि पर्वतीय महोत्सव सुरु भएको छ। महोत्सव आजसम्म चल्नेछ। अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पोखराको रातोपैर्हास्थित पर्वतीय संग्राहलयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो।
महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखेर विविध कार्यक्रम आयोजना गरिदैंछ।
खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर बृद्धी गर्नका लागि महोत्सव केन्द्रीत रहनेछ। यस्तै, हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा छलफल हुँदैछ। र, त्यस क्षेत्रका उत्पादनको बजारीकरण गरिदैंछ।
संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रमका इभेण्ट तय गरिएको छ। उपराष्ट्रपति नन्दकिशोर पुनले २ दिन हुने महोत्सवको शनिबार उद्घाटन गरेका छन्।
अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा दुुबै दिन साहसिक खेललाई समावेश गर्दै जीपलाइन पनि राखिएको छ।
पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ। ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन्।
विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन्। यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ। जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







