समानुपातिक सांसदको नामावली सोमबार सार्वजनिक गरिदैं


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्दैछ।

राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगको तयारी छ।

राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले समानुपातिकतर्फबाट सांसद भएको एक हप्ताभित्र निर्वाचनसम्बन्धी संपूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाउने जनाएको छ।

मंसीर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले) ले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।