नेपाली काँग्रेसले गण्डकी प्रदेशसभामा समानुपातिकतर्फ पाएको ९ सिटमध्ये सबै महिलालाई छानेको छ।
काँग्रेसले प्रदेशसभाको प्रत्यक्षतर्फ १८ सिटमा जितेपनि महिला शून्य हुँदा काँग्रेसबाट ३३ प्रतिशत महिला पुर्याउन समानुपातिकतर्फ सबै सिटमा महिला निर्वाचित गर्नुपर्ने काँग्रेसलाई बाध्य बनायो।
काँग्रेसबाट ९ महिलामध्ये दलित २, जनजाति ४ र खसआर्य ३ जना छनोट भएका छन्।
काँग्रेस गण्डकीले दलिततर्फ दिलमाया पौवी (बागलुङ) र टिकाकुमारी बस्याल (लमजुङ) लाई चुनेको हो।
त्यस्तै, काँग्रेस गण्डकीले जनजातितर्फ सरस्वती गुरुङ (कास्की), विमला गौचन (म्याग्दी), रेखा गुरुङ (पर्वत) र पार्वती तामाङ (लमजुङ) लाई चुनेको हो।
त्यसैगरी, खसआर्यतर्फ काँग्रेस गण्डकीमा कल्पना तिवारी (स्याङ्जा), सरस्वती अर्याल (स्याङ्जा) र चम्पादेवी खड्का (बागलुङ) चुनिएका छन्।
अघिल्लो पटक ६ सिटमा जित हासिल गरेको काँग्रेस यसपालि तेब्बर सिट हात पारेको थियो। काँग्रेसले यसपालिको चुनावमा अन्य ४ दलसँग साझा गठबन्धन गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







