राजनीतिक दलहरूले समानुपातिक सांसद सिफारिस भएकाहरूको नाम सच्याएर फेरि निर्वाचन आयोगमा सूची आज (सोमबार) ४ बजेसम्म मात्र समय छ।
समानुपातिक उम्मेदवारको विवरणमा त्रुटी देखिएपछि दलहरूले पुन: सच्याएर नयाँ नामावली आयोगमा पठाउन निर्वाचन आयोगले आग्रह गरेको हो।
निर्वाचन आयोगले आइतबार दलहरूलाई पत्राचार गरेर समावेशी समूहअनुसार सच्याएर पठाउन सोमबार अपरान्ह ४ बजेसम्मको समय दिएको छ।
आयोगका अनुसार दलहरूले आयोगमा पठाएको नाममा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको भेटिएको छ।
आज दलहरूले बन्दसूची सच्याएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको परिणाम बुझाउने आयोगको तयारी छ।
आयोगबाट निर्वाचन परिणाम औपचारिकरूपमा प्राप्त भएपछि मात्र राष्ट्रपति कार्यालयले नयाँ सरकारको गठन प्रक्रिया सुरु गर्नेछ। अहिलेको अवस्थालाई हेर्ने हो भने यही साताभित्र सरकार गठनको प्रक्रिया अगाडि बढ्ने अनुमान लगाइँदै छ।
४ मंसीरमा भएको निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउन सकेका छैनन्। यस्तो अवस्थामा केन्द्र र प्रदेशमा २ वा २ भन्दा बढी दल मिलेरै सरकार गठन गर्नुपर्ने समीकरण बनेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







