बालिका करणी गरेको आरोपमा पोखराका ३ पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर २६

बालिका करणी गरेको आरोपमा पोखराका ३ जना पक्राउ परेका छन् । पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन् । पक्राउ पर्ने तीनै जना १६÷१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

करणी आरोपित किशोरहरु र बालिकाहरुबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरी श्रोतले बताएको छ । फेसवुकबाट चिनजान भएका उनीहरु साथीको जन्म दिन मनाउन भन्दै बागलुङ पुगेका थिए । पोखराका किशोरहरु र पर्वतका किशोरीहरु बागलुङमा भेटेर बागलुङ–२ समिट चोकस्थित एक होटलमा बसेका थिए ।

किशोरीहरु कसैलाई थाहा नदिई एक्कासी हराएपछि उनीहरुका अभिभावकहरुले भने खोजी गर्न शुरु गरेका थिए । खोज्ने क्रममा होटलमा पुग्दा किशोर र किशोरीहरु होटलमा सँगै बसेको र करणीसमेत गरेको खुलेपछि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका किशोरहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरकिो भनाई छ । बालिकाहरुलाई भने बागलुङस्थित सेफ हाउसमा राखिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए ।

अनुसन्धानमा करणी गरेको पुष्टि भए र किशोरीहरुका अभिभावकहरुले जाहेरी दिएपछि कानूनी प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।