कालिका बहुमुखी क्याम्पसको ३१ औँ बार्षिकउत्सवको तयारी सुरु


     अस्मिता घिमिरे    
     मंसिर २७ गते २०७९ मा प्रकाशित




पोखरा । कालिका बहुमुखी क्याम्पसको ३१ औँ बार्षिकउत्सव पौषको १२ गते हुदैँ छ ।

क्याम्पसको ३१ औँ बार्षिकउत्सव कसरी भब्य र सब्य बनाउनी भनेर आज (मङ्गलवार) क्याम्पस र विद्यार्थी कल्याणकारी समितिको छलफल भयो । क्याम्पसको बार्षिकउत्सवको अवसरमा अतिरिक्त क्रियाकलापहरु पनि सुरु भैसकेका छन् । अतिरिक्त क्रियाकलापहरु अन्र्तगत नेपाली निबन्ध प्रतियोगिता र अङग्रेजी निबन्ध प्रतियोगिता सम्पन्न भै सकेका छन् ।

यसैगरी पौषको ११ गते बहृत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सरसफाई कार्यक्रम पोखरा १४ स्थित काजिपोखरीका विभिन्न आमा समुहसँग सहकार्य गरेर क्याम्पस प्राङगण देखि विरेन्द्र चोक सम्म पुग्ने क्याम्पसले जनाएको छ । यस्तै मङ्सिरको २९ गते हाजिरी जवाफ प्रतियोगिता रहेको शिक्षा प्रमुख लोक नाथ सुवेदीले जानकारी दिए । यस्तै पौषको ९ गते नेपाली कविता वाचन प्रतियोगिता रहेको संयोजक शंकर ज्ञवालीले बताए ।

यस्तै पौषको १ गते नव आगन्तुक विद्यार्थीको स्वागत तथा सामुहिक नृत्य प्रतियोगिता विद्यार्थी कल्याणकारी समितिले गदैँ छ । पौषको ८ गते रक्तदान कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता रहेको छ ।

यस्तै खेलकुद सम्बन्धि कार्यक्रम पौष ५ गते देखि ९ गते सम्म हुदैँ छन् । जस अन्र्तगत ब्याडमिन्टन ,टेबलटेनिस ,भलिबल , हाइ जम्प , लम्म जम्प , बास्केट बल रहेका छन् ।क्याम्पसको ३१ औँ बार्षिकउत्सवमा त्रिभुवन विश्वविद्याल ब्यबस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा हुने क्याम्पसले जनाएको छ ।

कालिका बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय अनुदान आयोग द्धारा निर्धारण गरेका आधारहरु पुरा गरि Quality Assurance Accreditation (QAA)  को प्रक्रिया अगाडि बढाएको छ । हालै SSR report स्वीकतृ भई PRT गठन भैसेकेको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए ।

कालिका बहुमुखी क्याम्पसमा हाल १६५० विद्यार्थी अध्यनरत रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।