मंसिर २८ पोखरा । श्रद्धा सदन प्रा.लि.पोखरा १५ को दोश्रो साधरण सभा बुधबार सम्पन्न भएको छ ।
सभामा समाजसेवी प्रेमकुमारी केसी तथा जेष्ठ नागरिक समुन्द्र गिरीले संयुक्तरुपमा पानसमा दीप प्रज्जवलन गरेर उद्घाटन गरे । उद्घाटनपछि बोल्दै समाजसेवी केसीले जेष्ठ नागरिकको स्याहर सुसारका लागि संस्थाले उदाहरणीय कार्य गरेको बताइन् । उद्योगपति तथा समाजसेवी स्व. सूर्य बहादुर केसीकी धर्मपत्नि समेत रहेकी केसीले आगामी दिनमा संस्थासँग सहकार्य गर्दै अगाडी बढ्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा वडा नम्वर १५ का वडाध्यक्ष तोरण बहादुर बानियाले जेष्ठ नागरिकको सेवा गर्नु ठूलो पूण्यको काम भएको बताए । उनले जेष्ठ नागरिकहरुका लागि वडाले विभिन्न ३ वटा जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिरहेको जानकरी दिँदै श्रद्धा सदनलाई वडाबाट गर्न सक्ने सहयोगका लागि तयार रहेको बताए ।
कुमुदिनी होम्स एकेडेमीका संस्थापक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले पछिल्लो समय व्यस्त दैनिकीका कारण घरमा जेष्ठ नागरिकको हेरचाह गर्न नसक्नेहरुका लागि श्रद्धा सदन अर्को घरका रुपमा आफूले पाएको बताए ।
‘जेष्ठ नागरिकहरुको सम्मान र सुस्वास्थ्यको लागि सर्मपित’ मुख्य उद्देश्यसहित स्थापित संस्थामा हाल ७ जनाले आवासिय सेवा लिइरहेको संस्थाका अध्यक्ष निरज थापाले जानकारी दिए । पोखरा–१५ टुटुङ्गामा रहेको संस्थाले १३ जना कर्मचारीहरु मार्फत ७ जनाको स्याहर सुसार तथा हेरचाह गरिरहेको अध्यक्ष थापाले जानकारी दिए ।
संस्थाका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका परिकल्पनाकार महेश गुरुङ, संस्थाका सल्लाहकार रिता गुरुङ, संस्थाका सदस्य चिन्तमणी बाँस्तोला, सेवाग्राही परिवारको सदस्यकातर्फबाट मेखबहादुर थापा,लगायतले संस्थाले गरेका गतिविधिका बारेमा बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







