निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउँदै


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले यही ४ मंसीरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ।

प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन लागेको हो।

यसअघि, आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको संपूर्ण परिणामबारे जानकारी गराएको थियो। आयोगले प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्।

यससँगै नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ। प्रदेशतर्फको विवरण भने आयोगले आगामी २ पुसमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने तयारी गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।