पोखरा । माता तालबाराही आरती सेवा समिति पोखराको चौंथो वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
पोखराको फेवाताल किनारस्थित तालबाराही घाटमा दैनिक तालबाराही देवीमा समर्पित रहेर सञ्चालन गरिँदै आएको विश्व प्रख्यात महाआरती पुजन कार्यक्रमको चौंथो वार्षिक साधरण सभाको पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गरे । उनले पोखरामा माता तालबाराही आरती सेवा समितिले शुरु गरेको महाआरतीले यहाँको धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको बताए । सो कार्यले पोखरा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउनुका साथै धार्मिक पर्यटन प्रर्वद्धनमा समेत मद्दत पुर्याएको बताए । उनले महाआरतीलाई दीर्घकालिन रुपमा सञ्चालन गर्न वडाको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे
सो अवसरमा महाआरती सञ्चलानलाई दीगो बनाउन अक्षयकोष स्थापना गर्ने १६ जनालाई सम्मान गरिएको सचिव दाहालले जानकारी दिए । साथै समितिलाई सहयोग पुर्याउनेहरु मध्येबाट विशिष्ट सहयोगी सूर्यनाथ पहारीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
सोहि अवसरमा पोखरा–६ घर भई हाल अमेरिकामा रहेका तुलसी पहारी र कल्पना भण्डारी पहारीले रु. एक लाख ११ हजार १५७ को अक्षयकोष स्थापना गरेका छन् । पहारी एभरेस्ट मिडिया हाउसका प्रमोटर समेत हुन् ।
यस्तै समितिले श्रुतिसिंह कोइराला, रमेश बहादुर भट्टराई, शान्त/शर्मिला भट्टराई, ढाका कुमार थापा, यूवराज खनाल, दामोदर गिरी, गोकर्ण अधिकारी, सरस्वती पहारी, मिना/तेजबहादुर भट्टराई, जुना अधिकारी, डोलराज÷दुर्गा पहारी, हरिकला पहारी, नानीमाया लामिछाने, भिष्म नेपाली र मंगल नेपालीलाई सम्मान गरेको छ ।
धार्मिक पर्यटन प्रर्वद्धन, पारिवारिक सुख, शान्ति, समृद्धि, मनोकांक्ष पूर्ति, पितृमोक्ष, ग्रहशान्ति, शुभ जन्मोत्सव तथा विभिन्न शुभकार्यको सफलता लगायतको उद्देश्य राखेर समितिले २०७५ असोज २४ घटस्थापनाका दिनदेखि दैनिक महाआरती गर्दै आइरहेको समितिका सचिव तुलसी दाहालले जानकारी दिए ।
समितिका अध्यक्ष मंगल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा, संस्थाका उपाध्यक्ष परशुराम पहारी, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव शोभा गौतम, संस्थाका कानूनी सल्लाहकार सुस्मा पौडेल, आरती गुरु गोकर्ण अधिकारी, संस्थाका उपाध्यक्ष विनिता अधिकारी लगायतले संस्थाले गरेका गतिविधिका बारेमा बोलेका थिए ।
सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । महाआरती सञ्चालन गर्न दैनिक ५ हजार खर्च हुने गरेको समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







