रोट्याक्ट फिस्टेलको पुस्तकालय व्यवस्थापन कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित




रोट्याक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा रहेको पुस्तकालय व्यवस्थापन कार्यक्रम श्री चण्डी मावि पोखरा ३३ मा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले रोट्याक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूको मात्रै क्लव भएर पनि सामाजिक रूपमा यति अग्रसर भएको र विद्यालयमा पुस्तकालय व्यवस्थापनको कार्यक्रम गरेर अन्य सबै संस्थाहरुले सिक्नुपर्ने सन्देश दिएको बताएका छन् ।

कार्यक्रममा वरिष्ठ समाजसेवी शिवप्रसाद चालिसेले आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरी रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले जुन हिसाबले सन् २०१२ देखि यो पुस्तकालय व्यवस्थापन कार्यक्रम गर्नुभएको छ सो बाट प्रभावित भएर आफु र आफ्नो छोरा अशोक चालिसेले आफ्नो जन्मदिनमा यसरी पुस्तक दान गरी कार्यक्रममा सहभागी हुँदा गर्भको महसुस गरेको बताउनुभयो । कार्यक्रममा रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर विश्व दर्शन पराजुलि ले विद्यार्थीहरुले समयअनुसार परिमार्जित पुस्तकबाट ज्ञान हासिल गरेर आगामी दिनमा यसैगरी सामाजिक सेवामा लाग्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रोट्याक्ट क्लव अफ पोखरा फिस्टेल पूर्वअध्यक्ष बिमला भण्डारीले छोरीहरुलाई पनि नेतृत्व स्थापित गर्नलाई र समाजलाई योगदान दिनलाई आफूहरुले यस क्लबलाई स्थापना गरेको आजको दिनमा सामाजिक काम सँगसँगै हरेक क्षेत्रमा रोट्रयाक्ट फिस्टेलका महिलाहरु नेतृत्वमा पुगेकोमा आफूलाई खुशी लागेको कुरा बताइन् ।

विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले यस क्लवले आफ्नो विद्यालयमा सहयोग गरेकोमा आफूलाई खुसी लागेको र युवाहरु विद्यार्थी भाइबहिनीहरु को पढाई प्रति चिन्तित भएर गरेको सहयोग आगामी दिनमा पनि यसैगरी अघि बढ्ने आशा व्यक्त गरेका थिए।

रोट्याक्ट क्लव अफ पोखरा फिस्टेल अध्यक्ष डिम्पल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा आफूहरु महिलामात्रै रहेको क्लबले सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय व्यवस्थापन महिलामैत्री शौचालय व्यवस्थापन विभिन्न सामाजिक कार्यहरु महिला स–शक्तिकरण कार्यक्रमहरु गर्दै महिलाहरु शक्ति हुन् भन्ने कुरा समाजमा स्थापित गर्ने हेतुका साथ अघि बढिरहेको र यस वर्ष पनि यस श्री चण्डी मावि मा पुस्तकालय आवश्यक थप केही पुस्तकहरु टेबल कुर्ची कार्पेट लगायतको सामग्री प्रदान गरेर पुस्तकालय व्यवस्थापन गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा व्यक्त गरिन् ।

आफै ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गर्नु भएकोमा अग्रज बुवा शिवप्रसाद चालिसे लगाएत सम्पूर्ण सहयोगी हातहरुलाई ज्ञापन गरिन् । कार्यक्रमको संयोजन एवं कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक रोट्रयाक्टर शिला मल्लले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।