पोखरा । चिल्डेन–नेपालको २६ औं बार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संस्थाले प्रदान गर्दै आएको सेवालाई प्रभावकारी बनाउदै लैजाने बताए । उनले संस्थाको दिगोपन र आत्मनिर्भरका लागी प्राप्त गरेका उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाई राख्दै यस्तो बताएका हुन् ।
सो अवसरमा संस्थाले वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईं, सम्पर्क सहायक बिना तामाङलाई वर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्दै नगद प्रशंसापत्र र दोसल्लाबाट सम्मान गरिएको छ । यस्तै सोहीक्रममा संस्थाद्वारा सञ्चालित सूर्यमुखी हस्तकला कार्यक्रममा संलग्न उत्पादक महिलाहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
साधरणसभाले संस्थाका महासचिव जयन्द्र भट्टराई र कोषाध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिबेदन अनुमोदन गरेको छ ।
संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य कृष्ण प्रसाद खराल, संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, संस्थाका निबर्तमान अध्यक्ष भिमलाल गुरुङ, संस्थाका सचिब राधादेबी शर्मा लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







