विश्वकप : पहिलो हाफमा अर्जेन्टिनाको साविक विजेता फ्रान्सविरुद्ध २–० को अग्रता


     एभरेस्ट आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित




पोखरा । कतारमा जारी विश्वकपको फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सविरुद्ध २–० को अग्रता बनाएको छ ।
कतारको दोहास्थित लुजेल रंगशालामा पहिलो हाफ सकिदा पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रहता बनाएको हो ।
खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रताता दिलाएका हुन् । ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ ।
यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन् । अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकपको उपाधि उचाल्न चाहान्छन् ।
अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो भने १९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले अघिल्लो पटक क्रोएसियालाई हराउँदै दोस्रोपटक उपाधि जितेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।