नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







