वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय दाहाल सम्मानित


     एभरेस्ट आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित




पोखरा । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएका उनलाई सम्मान गरिएको हो ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवम् पोखरा–२१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा दाहाललाई महाशाखा संयोजक एवम् वाडानं १७ का वडाध्यक्ष राधिका शाही योगीले रु ११ हजारसहित र सम्मानपत्र प्रदान गरे ।

उनले २०५१ सालमा तत्कालीन सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरेको दिनलाई आधार मानेर गत वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको जानकारी दिए ।

पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडालाई रु १० लाखका दरले बजेट विनियोजन गरिएको वडाध्यक्ष योगीले बताए ।

वडानं २१का वडाध्यक्ष दीपक सुवेदीले आप्mना जन्मदाता बुबाआमाको समेत उचित सेवा पु¥याउन नसक्ने हाम्रो समाजका ४६ विपन्न, असहाय र ज्येष्ठ नागरिकको पालनपोषणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको बताए ।

वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमाबुबा र सेवक–सेविकासहित ५५ जना रहेको र संस्था दाताको सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिए ।

उनले ज्येष्ठ नागरिकको सीपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रम समेत सञ्चालन गरिएको बताए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।