कालिका वहुमुखी क्याम्पसको ३१ औँ बार्षिकउत्सव सम्पन्न


     एभरेस्ट आवाज    
     पौष १४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले ३१ औँ बार्षिकउत्सव सम्पन्न गरेको छ ।

२०४८ सालमा स्थापना भएको क्याम्पसले मंगलबार विविध कार्यक्रमको आयोजना गरेर ३१ औं वर्षगाठ मनाएको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा.डिल्लिराज शर्माको प्रमुख आतिथ्यतामा क्याम्पसले ३१ औँ बार्षिकउत्सव मनाएको हो । कार्यक्रमामा बोल्दै शर्माले कालिका बहुमुखी क्याम्पस पोखराकै नमुना क्याम्पस बनाउनु पर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उत्पादनमा क्याम्पसले जोड दिनु पर्ने उल्लेख गर्दै उनले क्याम्पसको स्तर वृद्धिका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्याम्पसमा ग्रामिण विकासमा स्नातकोत्तर तह संचालन गरिएको क्याम्पस प्रमुख बिरन्जि गौतमले बताए । “क्यम्पसमा २०७० सालदेखि स्नातकोत्तर तहमा ग्रामीण विकासको पढाइ सुरु गरेका छौं” गौतमले भने । प्राध्यापकहरुको क्षमता अभिवृद्धिकालागि मिनि रिसर्च सम्बन्धि गोष्ठी र कार्यशाला संचालन गर्दै जाने उनले बताए ।

गौतमका अनुसार हाल क्याम्पसमा व्यवस्थापन संकाय, मानविकी, शिक्षा शास्त्र संकाय ११ र १२ कक्षामा गरेर ९ ओटा शैक्षिक कार्यक्रम संचालनमा छन् । क्याम्पसका निवर्तमान प्रमुख रविन्द्र बस्तोलाले सिमित स्रोत र साधनका बाबजुत क्यम्पसले गुणस्तरिय शिक्षा प्रदान गरेको उल्लेख बताए । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष किरण केसीले क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिने उल्लेख गरे । क्याम्पस संचालन समितिका उपाध्यक्ष एवम् वडा नम्बर १४ वडा अध्यक्ष बोधबहादुर कार्कीले क्याम्पसको शैक्षिक सुधारका लागि आफूले सहयोग गर्ने उल्लेख गरे ।

यसैबिच वार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा क्याम्पसले विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गरेको थियो । सो अवसरमा क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धर, क्याम्पस सञ्चालन समितिका सदस्य जेवि कुँवर, प्राध्यापक शंकर ज्ञवाली, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष मुस्कान थापा, महेश गुरुङ, क्याम्पसका पुर्व क्याम्पस प्रमुख वालकृष्ण शर्मा लगायतले बोलेका थिए ।

क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस संचालन समितिका उपाध्यक्ष बोधबहादुर कार्की र सञ्चालन सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना गरेका थिए ।

व्यवस्थापन र मानविकि संकायमा ८९ जना विद्यार्थी भर्ना गरेर स्थापना भएको क्याम्पसमा हाल मानविकि, व्यवस्थापन र शिक्षाशास्त्र संकाय गरि एक हजार चार सय बिद्यार्थी अध्यनरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।