सिद्ध पब्लिक कलेज, नयाँगाउँमा नब आगन्तुक विद्यार्थीलाई स्वागत


     एभरेस्ट आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा–१५, नयाँगाउँमा रहेको सिद्ध पब्लिक कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थान समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतमकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविएस प्रथप बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पस प्रमुख भिमराज पुनले जानकारी दिएका हुन् ।

क्याम्पस स्थापनाकालिन समयका तदर्थ समितिका अध्यक्ष एवं समाजसेवी भेषराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गौतमले समुदाय स्तरबाट सञ्चालित गैर नाफामुलक क्याम्पसले समुदायको हितलाई नै केन्द्रमा राखेर आगामी दिनहरुमा थप गुणस्तरीय शिक्षामा जोड दिंदै जाने बताए।

उनले समयको मागलाई ध्यान दिंदै कम शुल्कमा व्यवहारीक एवं स्तरीय शिक्षामा जोड दिनुनै आफ्नो र क्याम्पसको एकमात्र चाहना रहेकोे बताए । सो अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले सिद्ध पब्लिक कलेज वडा भित्रको एकमात्र सामुदायिक कलेज भएको हुनाले यसलाई शैक्षिक एवं भौतिकरुपमा अब्बल बनाउन वडाकातर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कलेज प्रमुख पुनले सिद्ध पब्लिक कलेजलाई प्राविधिक शिक्षातर्फ जोड दिने आफूहरुको योजना रहेको बताए । कार्यक्रममा श्री सिद्ध माविका पूर्व प्रधानाध्यापक तथा कलेजका सिनेटर सदस्य शंकर ज्ञवालीले मुक्तक मार्फत कलेजबाट प्राप्त हुनसक्ने सकारात्क उर्जाका बारेमा धारण ब्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा स्थानीय प्रतिभा टोल आमा समुहकी अध्यक्ष भगवती खड्काले क्याम्पसलाई समुदायको सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

विद्यार्थीद्धय अस्मिता गौतम र सोनी पुनले सञ्चालन गरेको कार्यक्रममा विविएस चौथो बर्षकी सञ्चिता भट्टले स्वागत मन्त्व्य राख्नुभएको थियो भने पूर्व विद्यार्थीकातर्फ एलिसा विक र नव आगन्तुक विद्यार्थीकातर्फबाट विविएस प्रथमबर्षकी रेणु रानाले मन्तव्य राख्नुका साथै विद्यार्थीहरु ज्ञानु राई, आशा पुन, सृजना लम्साल, सजना प्रजा, निमा नेपाली, निर्जला मल्ल र आरोही थापा मगरले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेको कलेज प्रमुख भिमराज पुनले जानकारी दिए ।

यस्तै कार्यक्रमका अवसरमा कलेजका नयाँ सिनेटर सदस्यहरुलाई कलेजका अध्यक्ष युवा पण्डित कमल नयन गौतम, प्रमुख अतिथी भेषराज गौतम एवं कलेज प्रमुख भिमराज पुनले संयुक्तरुपमा कलेज सिनेटरको प्रमाणपत्र वितरण गरेका थिए ।

नयाँ सिनेटर सदस्यहरुमा तोयनाथ सिग्देल, गुमादेवी बानियाँ, दल बहादुर सुनार, फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सी, रेणु थापा, शिव गौतम, गोविन्द गौतम, लक्ष्मी गौतम, डिलमाया थापा र निर्मल गिरी रहेका छन् । यससँगै कलेजमा हालसम्म १६४ जना सिनेटर सदस्यहरु रहेका छन्।

सो अवसरमा क्याम्पसका पुर्व सञ्चालक समितिका सदस्य शकमान सदाशंकर, कृष्ण बहादुर थापा, हरि बहादुर थापा, गोविन्द बहादुर थापा र टोप बहादुर थापालाई सम्मान गरिएको थियो । यस्तै यसै शैक्षिक सत्रदेखि कलेजसँग आवद्ध रहनुभएका प्राध्यापक द्धय थपनारायण चापागाईं र आनन्द अधिकारीलाई कलेजकातर्फबाट स्वागत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएको युवा पण्डित भागवत भाष्कर कमल नयन गौतमले विद्या भनेको सबैभन्दा श्रेष्ठ धन भएकोले यो धन आर्जनका लागि विद्यार्थी समेत उत्सुक भईरहनुपर्ने र यसको सहज वातावपरण निर्माणका लागि सिद्ध पब्लिक कलेजमा आवद्ध प्राध्यापक, कलेजका व्यवस्थापक र कलेजसँग हरेक ढंगबाट जोडिनुभएका सबैको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिंदै कार्यक्रमको समापन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।