कोन सहकारीको रक्तदानमा ५० यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     पौष २१ गते २०७९ मा प्रकाशित





पोखरा। पोखरा महानगरपालिका वडा न १३ कुँडहर स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले विहीवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २४ औ बार्षिकोत्सवको अवसरमा शिक्षा उपसमितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय प्रमुख रमेश घर्तीले पहिलो रक्तदाता तथा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठलाइ ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । प्रमुख घर्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमले समाजमा सहकारी प्रति सकारात्मक भावना सृजना गर्ने भने । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि समाजमा उल्लेखनीय कार्य गरेको चर्चा गरे ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोन सहकारी संचालक समितिका सदस्य शारदा पराजुली(सिग्देल) लगायत वोलेको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य गोविन्दप्रसाद सिग्देलले स्वागत र शिक्षा उपसमितिका संयोजक खड्कवहादुर गुरुङ(खुसीमान)ले संचालन गरेका थिए । रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी समुहको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।