पौष २१ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’का विजेता शान्ता गुरुङ पुरस्कृत भएकी छन् ।
सहारा क्लव पोखराले सञ्चालन गरेको २२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकप” मा बुधबार भएको नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लव र संकटा क्लव विचको खेलमा संकटाले जित्ने अनुमान गरेकी पोखरा–५, प्रस्र्याङकी गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई सेभेन बी फोन जोन बुद्ध विशाल बजार महेन्द्रपुलको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले पुरस्कृत गरे ।
यस्तै बिहीबारको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा –१० हस्पिटलचोकका हेमन्त तिमिल्सिना विजयी घोषित भएका हुन् । बिहीबारको अन्तिम सेमिफाइनलमा भुटनिज युथ स्पोर्टस् क्लब ९बीवाईएससी० ले जित्ने अनुमान गरेका तिमिल्सिना विजयी भए । विजयी तिमिल्सिनालाई शनिबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोलकुमार श्रेष्ठले जानकारी दिए ।
भुटनिज युथ स्पोर्टस् क्लबले चर्च ब्वाईज क्लवलाई १–० ले पराजित गर्दै उपाधीकालागि संकटासँगको भेट पक्का गरेको हो ।
यसअघि पोखरा १३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा–२२ पुम्दीभुम्दीका धिरेन भुजेल, स्याङ्जाको आधिखोला गाउँपालिका– ५ का नरहरी शर्मा, पोखरा–१३ की सिर्जना गिरी, पोखरा–१५, नयाँगाउँका दलबहादुर विश्वकर्मा, पोखरा– ९ नयाँ बजारकी लालदेबी शर्मा पौडेल विजयी भइसकेका छन् ।
अब आजको प्रश्न :
पुस २३ गते शनिबार हुने संकटा क्लव र भुटनिज युथ स्पोर्टस् क्लबविचको फाइनल प्रतिस्पर्धा कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।
यसमा सहभागि हुन संकटा क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL Aटाइप गरि ३५००१ वा भट्निज यूथ स्पोर्टस् क्लवले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३५००१ मा पठाउन सकिनेछ ।
अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत शनिबार सांझ ७ : ४५ बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा महाविजेता घोषणा गरि पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर भोला कुमार श्रेष्ठले जानकारी दिए ।
२२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकप प्रतियोगिता पुस १४ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले सहभागिता रहेको थियो । जसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लव, त्रिभुवन आर्मी क्लव, धरान फुटबल क्लव, साहारा क्लव पोखरा , चर्च ब्वाईज क्लव, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लव, मच्छिन्द्र फुटबल क्लव बाहिरी सकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







